राष्ट्रिय गैरसरकारी संस्था महासंघको बारा जिल्ला समिति गठन भएको छ ।
मनोज साहको अध्यक्षतामा बुधबार करिब १५ ओटा गैरसरकारी संस्थालाई आबद्ध गरेर सो समिति गठन गरिएको हो । समिति गठनपछि संघका केन्द्रीय अध्यक्ष कुन्तीदेवी पोख्रेलले सदस्यता प्रमाणपत्र वितरण गरेकी थिइन । अध्यक्ष पोख्रेलले महिलाहरुलाई उद्यमी बनाउने अभियानको सुरुवात गरेर सबै महिलाहरुलाई आत्मनिर्भर बनाउन सुरुवात गरेको बताएकी छन् । सो संस्थाले जिल्लामा ८० जना महिलाहरुलाई झोल साबुन बनाउने १ दिने तालिम समेत प्रदान गरेको छ ।
कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष कुन्तीदेवी पोख्रेल, उपाध्यक्ष मनोज साह, महासचिव कैलाश न्यौपाने, कोषाध्यक्ष कल्पना योगी लगायतको सहभागिता रहेको थियो ।